करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – जिल्लाको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका १ जना कर्मचारीको मृत्यु भएको छ ।

कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको हो ।

उनी करार सेवाका कर्मचारी थिए ।

विद्युत्को पोल मर्मत गर्दा करेन्ट प्रवाह भए/नभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए ।