श्रममन्त्री यादव र इजरायली राजदूतबिच भेटवार्ता

श्रममन्त्री यादव र इजरायली राजदूतबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ ।

द्विपक्षीय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखापरेका समस्या समाधान गर्न छलफल भएको छ ।

भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको छ ।

छलफलमा मन्त्री यादव र राजदूत एरी बासले निरन्तर द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।