रास्वपा र विपक्षीबीच लेखा समितिका उपसमितिमा भागबण्डा

रास्वपा र विपक्षीबीच लेखा समितिका उपसमितिमा भागबण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबीच प्रतिनिधिसभाको लेखा समिति अन्तर्गतका उपसमितिहरुको नेतृत्वमा भागबण्डा भएको छ ।

सरकारी बेरुजु अध्ययन गर्न विभिन्न ५ उपसमिति गठन गरेको छ । उपसमितिको कार्यविधि निर्माण र संयोजक चयन गर्न गत २२ असारमा बसेको समिति बैठकमा सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै ५ वटै उपसमितिको नेतृत्वमा दाबी गरेको थियो ।

रास्वपाको मागमा विपक्षी दलहरुले असहमति जनाएका थिए ।

शुक्रबारको बैठकमा लचिलो हुँदै रास्वपा ५ मध्ये दुईको नेतृत्व विपक्षी दललाई दिन रास्वपा तयार भएपछि उपसमिति गठनको गाँठो फुकेको छ ।

बैठकमा रास्वपा सांसद् रुकेश रञ्जितले रास्वपाले तीन र विपक्षीले दुई उपसमितिको नेतृत्व लिने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमा सबैले सहमति जनाए । विपक्षी दलको तर्फबाट एमाले र राप्रपाले एक/एक उपसमितिको नेतृत्व लिने भएका छन् ।
रास्वपाबाट अर्थ र सुशासन समिति संयोजकमा रुकेश रञ्जित, आर्थिक उत्पादन, विज्ञान र मानव पूँजी उपसमिति संयोजकमा खगेन्द्र सुनार र सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति संयोजकमा मनिष झाले संयोजकको जिम्मेवारी पाएका छन् ।