गणेश नेपालीको परिवारलाई काठमाण्डु महानगरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने

गणेश नेपालीको परिवारलाई काठमाण्डु महानगरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ । बिहीबार राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर जलेका २५ वर्षीय नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै नेपालीको निधनप्रति दुःख व्यक्त गरेको छ । साथै सरकारले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख छ ।