काडमाण्डु – आत्मदाह गरेर मृत्यु भएका गणेश नेपालीको घटना नसेलाउँदै एकैदिनको फरकमा आत्मदाहका दुई घटना भएका छन् ।
काठमाण्डुको बुद्धनगरमा एक ४५ वर्षीय पुरुषले शनिबार बिहान आफ्नो डेरामा आत्मदाहको प्रयास गरेका छन् भने सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।
प्रहरीका अनुसार बुद्धनगरमा छोरासँगको विवादपछि एक पुरुषले भान्सामा गएर आत्मदाहको प्रयास गरेका हुन् ।
काठमाण्डु महानगरपालिका–१० मा डेरा लिएर बस्ने ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको शरीरको ५५ प्रतिशत जलेको अस्पतालले जनाएको छ ।
यस्तै सर्लाहीको गोडैतामा आत्मदाह प्रयास गरेर मण्डलको चिन्ताजनक अवस्थामा कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार हेलिकप्टरबाट काठमाण्डु ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
ल्याइएको थियो ।
मण्डलको आईसीयूमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ । २५ वर्षीय मण्डलले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
यसअघि बिहीबार त्रिपुरेश्वरमा मुगेका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।




प्रतिक्रिया