रवि लक्षित हर्कको टिप्पणी-‘रवी जी…आर यु स्टील अलाइभ अर..?’

रवि लक्षित हर्कको टिप्पणी-‘रवी जी…आर यु स्टील अलाइभ अर..?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लक्षित तीखो टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष साम्पाङले रास्वपाले देश चलाउन सक्दैन भन्ने कुरा सय पटक प्रमाणित भइसकेको लेखेका छन् ।

सभापति लामिछानेलाई लक्षित गर्दै साम्पाङले अंग्रेजी मिश्रित नेपालीमा लेखेका छन्, ‘रवी जी…आर यु स्टील अलाइभ अर..? अब नि हस्तक्षेप नगर्ने हो भने आउने चुनावमा टाइँ टाइँ फिस् हुनेछ !’

काठमाण्डुको सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेर सुकुम्बासीहरूको बिचल्ली भएको घटनातर्फ संकेत गर्दै साम्पाङले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्।

‘सुकुम्बासी व्यवस्थापनमा असफल बनेको सरकारले अब के गर्ला ???’, उनले प्रश्न गरेका छन्।