काठमाण्डु–कीर्तिपुरको होल्डिङ सेन्टर बाढीले डुबेपछि अवस्था बुझ्न गएका जेनजी अभियानी मादिज अन्सारीमाथि भएको कुटपिट र पक्राउविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ ।
जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा उजुरी दिएको हो । उजुरीमा गृह मन्त्रालय र प्रहरी अधिकारहरुमाथि कारबाहीको माग गरिएको छ ।
यस्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पठाएर आएको भन्दै सञ्चारकर्मी र सुकुम्बासी अभियन्तामाथि दुव्र्यवहार गर्ने ओजस्बी थापाविरुद्ध समेत उजुरी दर्ता भएको छ ।
शनिबार राति सुकुम्बासी राखिएको होल्डिङ सेन्टर बाढीमा डुबेको थियो ।
सञ्चारकर्मी, जेनजी अभियन्ता र सुकुम्बासी अगुवाइहरुले सरकारविरुद्ध स्थिति भड्काउन सक्ने भन्दै थापा प्रहरी लिएर होल्डिङ सेन्टर पुगेका थिए ।
त्यस क्रममा उनले सुकुम्बासी अगुवा एवं भूमि आयोगका पूर्वअध्यक्ष नहेन्द्र खड्काले लगाएको टोपी निकालेर दुव्र्यवहार गरेका थिए । सोही क्रममा प्रहरीले जेन्जी अभियानी माजिद अन्सारीमाथि निर्घात कुटपिट गरेको थियो ।
अनुहार र आँखामा चोट लागेका अन्सारीको प्रहरी निगरानीमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
अन्सारीले सोमबार बिहान अस्पतालबाटै सामाजिक सञ्जालमार्फत बिना पक्राउ पुर्जी प्रहरीले नियन्त्रणमा लिएको भन्दै जीवन रक्षाको माग गरेका थिए ।
उजुरीमा थापाको निर्देशनमा प्रहरीले अन्सारीमाथि कुटपिट गरेको दाबी गरिएको छ ।




प्रतिक्रिया