आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु

आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका विवेक मण्डलकाे उपचारका क्रममा मृत्यु भएको छ। सर्लाहीको गोडैता नगरपालिका–१० का ३४ वर्षीय मण्डलको सोमबार राति २ः४० बजे निधन भएको हो ।

मण्डलले असार २६ गते शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका मण्डललाई सोहि दिन उद्धार गरि हेलिकप्टरबाट कीर्तिपुर बर्न अस्पतालमा ल्याइएको थियो ।

मण्डलको आईसीयूमा उपचार भइरहेको थियो। बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा रहेको बताइएको छ ।