विश्वकप फुटबल : १६ वर्षपछि स्पेन फाइनलमा

विश्वकप फुटबल : १६ वर्षपछि स्पेन फाइनलमा

उपाधि दाबेदार फ्रान्स पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली फ्रान्सलाई २ गोलले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।

अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकरएक गोल गरे । स्पेनले २२औँ मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो । फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

स्पेनले दोस्रो हाफको ५८औँ मिनेटमा अग्रता दोब्बर बनायो । उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । त्यसपछि थप गोल हुन सकेन ।

यो जितसँगै सन् २०१० को विश्वविजेता तथा वर्तमान युरोपियन च्याम्पियन स्पेन १६ वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ।

स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १ बजे इंग्ल्यान्ड र अर्जेन्टिनाले खेल्दैछन् । अर्जेन्टिना साबिक उपाधि विजेता टोली हो । यो विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे हुनेछ ।

तेस्रो पटक विश्वकप उपाधि जिताउने अपेक्षाका बीच फ्रान्स सेमिफाइनलबाटै बाहिरिएको हो। अब फ्रान्सले शनिबार हुने तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ।