काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई थप एक्ल्याउने प्रयासहरु भइरहेको बताएका छन् ।
पार्टी मुख्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा ओलीले तर, एमाले कसैलाई नसमातीकन उठ्न नसक्ने लहरो नभएको बताए ।
एमाले आफ्नै खुट्टामा उभिन सक्ने उनको भनाइ थियो । ओलीको संकेत पछिल्लो सयम प्रदेश सरकारहरुबाट काँग्रेस अलग भएकोतर्फ छ ।
ओलीले आफूहरुले धक्का खाएको भए पनि उठ्नै नसक्ने गरी नसिद्धिएको जिकिर गरे ।
‘हामीले धक्का खाएका छौं’, उनले भने, ‘सिद्दिएको होइन’, हामीलाई अझै उक्ल्याउने प्रयास हुनुभनेको, हामी उठ्दैछौं भन्ने संकेत हो ।’
ओलीले आँधी, हुरी, तुफान र बाढीको सामना गर्दै गरेर आएको एमाले आफ्नै बलमा फेरि उठ्ने दाबी गरे ।
अवस्था प्रतिकूल भए पनि नआत्तिन कार्यकर्तालाई उनले आग्रह गरे ।




प्रतिक्रिया