काठमाण्डु– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेको र हात भाँचिएको समाचार झुटो भएको सचिवालयले जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले ‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको स्पष्ट पारेको हो।
‘पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा ‘आदरणीय पूर्वप्रधानमन्त्रीज्यू लडेर हात भाँचिएको छ’ भन्ने आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचारहरू फैलाइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।
यसरी आधिकारिक पुष्टिबिना हल्ला नफैलाउन देउवाको सचिवालयले आग्रह गरेको छ। ‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आधिकारिक पुष्टिबिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’





प्रतिक्रिया