नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ। पाण्डेको शुक्रबार साँझ ८७ वर्षको उमेरमा निधन भएको हो ।

०६२-६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा पाण्डेको विशालनगरस्थित निवासमा निधन भएको हो ।

क्यान्सरका बिरामी रहेका पाण्डेलाई हिजो मात्र अस्पतालबाट निवासमा लगिएको थियो । उनको शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।