काठमाण्डु – प्रहरीले विभिन्न जिल्लामा जुवातास खेल्दाखेल्दै २५ जनालाई पक्राउ गरेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ तल्लो बजार बस्ने ४० वर्षीय नवराज कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा नवराज समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३६ हजार २६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका–१० वाखेतबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय घन बहादुर मगर समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५२ हजार ८१० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टागिकोटस्थित एचओपीईमा जुवातास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका–१६ बस्ने ४२ वर्षीय अमन अधिकारी समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४२ हजार ९०५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया