कमजोर प्रमाणका आधारमा विष्णु पौडेललाई पक्राउ गरिएकोे भन्दै रास्वपा सांसद् पन्थीद्वारा सरकारमाथि प्रश्न

कमजोर प्रमाणका आधारमा विष्णु पौडेललाई पक्राउ गरिएकोे भन्दै रास्वपा सांसद् पन्थीद्वारा सरकारमाथि प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोविन्द पन्थीले पर्पाप्त आधारबिना एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

नेपाल प्रहरीका पूर्वडिएसपी र अधिवक्तासमेत रहेका पन्थीले सामाजिक सञ्जालमार्फत पौडेललाई पक्राउ गरिएको विषयमा सरकारको अनुसन्धान र अभियोजन प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।

पौडेलविरुद्ध प्रर्याप्त प्रमाण नभई अनुसन्धान र अभियोजन गरिएको उनको भनाइ छ ।

‘आधारहरूलाई पुष्टि गर्ने पर्याप्त प्रमाण थिएन भने अनुसन्धानलाई अभियोजनसम्म किन पुर्‍याइयो ? र, यदि अभियोजन बलियो प्रमाणका आधारमा गरिएको थियो भने २० करोड ९० लाख बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश किन दियो ?’, पन्थीले प्रश्न गरेका छन् ।

पन्थीले आफूले उठाएको विषय अनुसन्धान, अभियोजन, र न्यायिक प्रक्रिया गर्ने निकायको गुणस्तरसँग सम्बन्धित रहेको बताए ।
अनुसन्धान कमजोर थियो, अभियोजन हतारमा भयो, वा अदालतले प्रमाणको मूल्याङ्कन फरक ढंगले ग-यो भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा हुनैपर्ने उल्लेख गरे ।

अनुसन्धान र अभियोजनमा कमजोरी छ भने त्यसका लागि जवाफदेही को हो ? भन्ने प्रश्न पन्थीको छ ।
पन्थीले राज्यका निकायहरूबीच समन्वय र प्रमाण व्यवस्थापनमा समस्या भए सुशासन र भ्रष्टाचारविरुद्धको अभियान कमजोर हुने चिन्ता उनको छ ।

गैरकानूनी शेयर कारोबार र सम्पत्ति शुद्धीकरण कसुरमा थुनामा रहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद शेयर कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका पौडेललाई विशेष अदालतले शुक्रबार साधारण तारेखमा रिहा गरिदिएको थियो ।