काठमाण्डु– पत्रकार जगदिश्वर पाण्डे परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकार नियुक्त भएका छन् ।
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई नेपाल सरकारको विशिष्ट श्रेणीसरह प्रेस सल्लाहकार नियुक्त गरेको हो ।
नुवाकोटको दादी गाउँपालिका–४ तामेका स्थायी बासिन्दा पाण्डे करिब डेढ बढी समयदेखि पत्रकारितामा सक्रिय छन् ।
राजनीति, परराष्ट्र र सुरक्षा मामिलाका साथै खेलकुदसम्बन्धी समाचार लेखनमा सक्रिय पाण्डेसँग ‘द हिमालय टाइम्स’, काठमाण्डु पोष्ट र कान्तिपुर दैनिकमा काम गरेको अनुभव छ ।
पछिल्लो समय उनी कुटनीतिक मामिलासम्बन्धी अंग्रेजी म्यागेजिन ‘द डिप्लोम्याट नेपाल’ का सम्पादकका रुपमा कार्यरत थिए ।
त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका पाण्डेले अमेरिका र भारतलगायत मुलुकबाट पत्रकारितासम्बन्धी विशेष तालिम लिएका छन् ।




प्रतिक्रिया