काठमाण्डु – नेपाली कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ सुरु भएको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘ ग्रीन रनको भारम्भ गरेका छन् ।
४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको ‘ग्रीन रन’मा हजारौँ सहभागी भएका छन् ।
ललितपुरको यूएन पार्कबाट सुरु ‘ग्रीन रन’ ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ आयोजना गरिएको हो । यस अवसरमा सभापति थापाले क्यानभासमा पेन्टिङ गरेका थिए । सो अवसरमा बिरुवा पनि वितरण गरिएको थियो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला को ४४औँ स्मृति दिवस बुधबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
दौड लगत्तै कांग्रेसले जावलाखेल चोक, फल्चामा ‘जलवायु परिवर्तनको चुनौती र निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल गर्दैछ ।
सोही स्थलमा सुपरिचित चित्रकारहरुले जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु पेन्टिङ गर्नेछन् ।








प्रतिक्रिया