काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस समितिको कार्यालयले संक्षिप्त सूचीमा परेका ८ जनाको नाम सार्वजनिक गर्दै प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाएको छ ।
व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता भोलि बिहीबार र पर्सि शुक्रबारका लागि तोकिएको छ ।
संक्षिप्त सूचीमा काठमाण्डुका सुमन मान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, सिरहाका डा. सरोज कोइराला, काठमाण्डुका याङकी उक्याव, दैलेखका बखत बहादुर शाही, ललितपुरका मनोज पौडेल र काठमाण्डुका इ. मधु प्रसाद भेटुवाल रहेका छन् ।




प्रतिक्रिया