राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा उपलब्ध गराउने भएको छ ।

सेवा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि सुविधा दिन लागिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमद्वारा जारी सूचनामा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै समय बढाइएको जनाइएको छ ।

दैनिक ७५० जना हाराहारीलाई सेवाग्राहीलाई सेवा दिने गरी प्रबन्ध मिलाइएको सूचनामा उल्लेख छ । यससँगै केही दिनका लागि राष्ट्रिय परिचयपत्र वितरणको काम रोकिएको थियो । विगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीको काम उक्त नम्बरका आधारमा हुने भएकाले केही दिनका लागि परिचयपत्र वितरणको काम रोकिएको सूचनामा उल्लेख छ ।

विभागको ‘सिस्टम अपग्रेड’का कारण सनाखतमा ढिलाइ भएको हुँदा क्रमश: सनाखत हुँदै जाने भएकाले उक्त प्रयोजनाका लागि कार्यालय आइराख्नु नपर्ने सूचनामा उल्लेख छ ।