काठमाण्डु – पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले बिहीबार आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्दैछ ।
नेपाल र श्रीलङ्काबिचको खेल नेपाली समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल बुधबार उद्घाटन खेलमा काजकस्तानसँग पराजित भएको थियो । त्यस्तै, श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो । खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रनेछन् ।
साउन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलंका सहभागी छन् । राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गरेका छन् भने मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन् ।




प्रतिक्रिया