काठमाण्डु – नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख रहेको बेला सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेट भएको छ ।
नेता कोइरालाई भेट गर्न सभापति थापा टोखास्थित कोइराला निवास पुगेका हुन् । स्रोतका अनुसार थापा शुक्रबार बिहान साढे ९ बजे कोइराला निवास गएका हुन् ।
सभापति थापा निकट नेताका अनुसार उनीहरूबीच सम्भावित पार्टी विभाजन टार्ने र सहमतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको छ । छलफल अहिले पनि जारी छ ।
बुधबार कांग्रेस इतर समूहले वीपी स्मृति दिवसको अवसरमा साउन २९ गते काठमाण्डुमा राष्ट्रिय भेला बोलाउने घोषणा गरेको थियो । भेलाबाट पार्टी नयाँ दिशासमा जाने इतर समूहका नेताहरूले बताएका थिए ।
उनीहरूले पार्टीको १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भए पनि पार्टी संस्थापन व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाएका थिए।
स्मृति दिवसकै अवसरमा आयोजित कार्यक्रममा कोइरालासहितका नेताहरूले एकताको आह्वान गर्दै पार्टी फुटको जिम्मा सभापति थापाले लिनुपर्ने बताएका थिए ।




प्रतिक्रिया