काठमाण्डु– बिहीबार सेयर बजार बढेको छ । यसदिन नेप्से १४.१७ अंकले बढेर परिसुचक २७२६ अंकमा कायम भएको छ ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६७ करोडको भयो ।
आज १४९ कम्पनीको मूल्य बढ्दा ११५ को घटेको छ भने १२ को स्थिर रह्यो ।
आज रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहेका छन् ।
यसदिन एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै स्नो रिभर्सको १३.७१, एपोलो हाइड्रोपावरको ९.२५ प्रतिशत बढ्यो ।
यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५ प्रतिशत घट्यो ।
आज व्यापार सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७४, फाइनान्स ०.२७, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.१२, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.३१, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.६४ प्रतिशत बढे । अन्य ०.०८ तथा लगानी ०.४२ प्रतिशत घटे ।




प्रतिक्रिया