काठमाण्डु – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् ।
उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा बिहीबार त्यसतर्फ प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले उनका भारतका प्रधानन्यायाधीश कान्तसँग द्विपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएकोे छ । उनी भ्रमणपश्चात साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेती सहभागी छन् ।




प्रतिक्रिया