काठमाण्डु – गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले ट्राफिक उल्लंघनको आरोपमा जरिमाना तिरेको छ ।
सांसद गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सांसद् गुप्ताको भिडियो भाइरल बनेपछि ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिमाना तिराएको हो । सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।
गुप्ता सिरहा–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत गल्ति भएको स्वीकार्दै माफी पनि मागेका छन्।




प्रतिक्रिया