धनगढी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता खजराग भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
नेकपाले प्रदेश सभा संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो ।
एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको तीन बुँदे समझदारीमा कर्णाली र सूदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सभामा दुई दल सुविधाजनक बहुमतमा छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २६ जना चाहिन्छ । नेकपाका २१ र एमालेका ११ सांसद् छन् ।
यसैबीच नेता भट्ट प्रदेश सरकार गठनबारे शीर्ष नेतृत्वसँग परामर्श गर्न राजधानी गएका छन् ।
भट्टले सोमबार आफू धनगढी फर्किएलगत्तै सरकार गठनको गृहकार्य अघि बढाउने बताए ।
‘मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल गर्न काठमाण्डु आएको छु’, भट्टले भने, ‘सोमबार धनगढी फर्किएपछि सरकार गठनको प्रक्रिया अगाडि बढाउँछु ।’




प्रतिक्रिया