सुनसरी घटना : देवानगञ्जमा दुई दिन शोक बिदा

सुनसरी घटना : देवानगञ्जमा दुई दिन शोक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिइएको छ । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार शोक बिदा दिने निर्णय भएको जानकारी दिए ।

देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको थियो । देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा बिदा दिइएको हो ।

यी दुई दिन देवानगञ्ज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्थामा शोक बिदा दिइएको अध्यक्ष मेहताले जारी गरेको सूचनामा जनाइएको छ ।

गोली लागेर युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न पाँच ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ ।