यी ६ प्रदेशमा भारी वर्षा हुने, १६ जिल्लामा बाढीको जोखिम

यी ६ प्रदेशमा भारी वर्षा हुने, १६ जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज काठमाण्डुसहित देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै १६ जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, म्याग्दी, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको हो ।

यस्तै आज दिउँसो कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने राति कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।