देवानगञ्ज घटनाको छानबिन सुरु, सरकारी टोलीले स्थानीयसँग बयान लिन थाल्यो

देवानगञ्ज घटनाको छानबिन सुरु, सरकारी टोलीले स्थानीयसँग बयान लिन थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको देवानगञ्जमा गोली चलेको घटनाको छानबिन गर्न गठित समितिको टोली घटनास्थल पुगेको छ।

घटनास्थलमा पुगेको टोलीले मृतकको घर तथा घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग छलफल गरिरहेको छ।

हाल देवानगञ्जको अवस्था सामान्य बन्दै गएको छ। छानबिन समितिले घटनास्थलको सूक्ष्म निरीक्षण गर्दै स्थानीयवासीबाट आवश्यक जानकारी संकलन गरिरहेको छ।

देवानगञ्ज घटनाको सूक्ष्म अध्ययन गरी सत्यतथ्य पत्ता लगाउने उद्देश्यले गठित छानबिन समितिको संयोजक गृहमन्त्रालयका सहसचिव भूपेन्द्र थापा रहेका छन्।

समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरी बलका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण भण्डारी सदस्य रहेका छन्।