काठमाण्डु – सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले २ सिफ्टका साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ ।
त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ ।
विभागमा साउन १४ गतेदेखि २ सिफ्टमा सेवा दिँदै दैनिक १ हजार ५०० आवेदन फाराम खुलाइएको छ । कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा साउन १४ गतेदेखि २२ गतेसम्म २ सिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ ।
सो अवधिमा पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ । सार्वजनिक बिदाका दिन शनिबार र आईतबार समेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ ।




प्रतिक्रिया