वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्जमा निषेधाज्ञा हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ देखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा शनिबारदेखि हटाइएको हो ।

उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए ।

सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबिच ८ बुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी संघसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुन: नियमित बन्दै गएको छ ।