काठमाण्डु– अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि प्रतिनिधिसभामा १५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
६ जना सांसदले विभिन्न विषय समेटेर १५ वटा संशोधन दर्ता गराएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले काठमाण्डु पाटीलाई बताए ।
अर्थममन्त्री डा. वाग्लेको विधेयकमाथि समितिमा छलफल गराउने प्रस्ताव स्वीकार गर्दै प्रतिनिधिसभाको १४ साउनको बैठकले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।
मुल विधेयकसहित सांसदहरूका संशोधन प्रस्तावमाथि अब अर्थ समिति बैठकमाछलफल हुनेछ ।
प्रवक्ता गिरीका अनुसार सांसदहरू बुद्धिप्रसाद पन्त, सन्दीप राना, पवित्रा बिक, रेनुका काउचा, बासना थापा, सन्तोष सुब्बा, मनमाया विश्वकर्मा, सुशील खड्का र नितिमा भण्डारी कार्कीले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
अभिवृद्धि कर ऐन, २०५२, मूल्य वृद्धिसम्बन्धी मापदण्ड निर्माणजस्ता विषयमा सांसदहरुले संशोधन हालेका छन् ।
विधेयकमा आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा गैरकरसम्बन्धी कसुरमा छानबिन गर्ने अधिकार आन्तरिक राजस्व विभागमा हस्तान्तरण गर्ने लगायतका प्रस्ताव छन् ।




प्रतिक्रिया