गगन र देउवालाई रोक्न काँग्रेसमा तेश्रो धारको उदय, मिराकलमा राखियो भेला

गगन र देउवालाई रोक्न काँग्रेसमा तेश्रो धारको उदय, मिराकलमा राखियो भेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली काँग्रेसका युवा नेताहरुको समूहले पार्टी एकीकरणका लागि दबाब दिन छुट्टै समूह खडा गरेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षद्वय नैनसिंह महर र रञ्जित कर्णको नेतृत्वमा अभियान सुरु गरिएको हो । अभियानको नाम ‘देश र कांग्रेस जोड्ने’ राखिएको छ ।

नेता महरले उक्त अभियानमा देशभरका युवा काँग्रेसको साथ र समर्थन रहेको बताए । उनका अनुसार अभियानमा संस्थापन र संस्थापन इतर पूर्वसभापति शेरबहादुर देउवा खेमामा सहभागी नभएकाहरु छन् ।

महरले आफूहरुले आगामी २० साउनमा काठमाण्डुको सुकेधारास्थित ‘मिराकल पार्टी प्यालेस’ मा भेला आयोजना गरिएको बताए ।

‘हामीले २० गते देशभरबाट पार्टी एकताको पक्षमा रहेका साथीहरुलाई बोलाएका छौं’, महरले काठमाण्डु पाटीसँग भने, ‘कुनै समूह र उपसमूहमा लागेर पार्टी एकता कमजोर बनाउने होइन, पार्टीलाई एकताबद्ध गरेर जानुपर्ने बेला छ ।’


अभियानले आइतबार पत्रकार सम्मेलन गरी भेलाको आवश्यकता र औचित्यताबारे जानकारी गराएको छ ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने तथा प्रतिगामी तत्वले टाउको उठाउने सम्भावना रहेकाले आफूहरुले सकारात्मक खबरदारी गर्न लागेको महरले उल्लेख गरे ।

देउवा समूहले आगामी २९ साउनमा राष्ट्रिय भेला आयोजना गरेसँगै काँग्रेस विभाजनको संघारमा पुगेको अड्कलबाजी भएका छन् । पार्टी फुटको दिशामा अघि बढेकामा काँग्रेसभित्र चिन्ता व्यक्त गर्न थालिएको छ ।

६ साउनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसका दिन कांग्रेसका दुवै समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे ।

केही दिनअघि वरिष्ठ नेता एवं पूर्वसभापति गोपालमान श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन देउवा समूहका नेता पार्टी केन्द्रीय कार्यालय सानेपा गएनन् ।

सभापति थापाले श्रेष्ठलाई गत महिना मात्र वरिष्ठ नेतामा मनोनित गरेका थिए ।