गजनी स्टार प्रदीपसिंह रावतको निधन

गजनी स्टार प्रदीपसिंह रावतको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको हो ।

ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको अभिनेत्री विपना थापाले जानकारी दिइन्।

उनी हिन्दीसँगै तेलुगु, तमिल, कन्नड, मलयालम र भोजपुरी भाषाका चलचित्रहरूमा आफ्नो दमदार अभिनयका लागि परिचित छन्।

विशेषगरी खलनायकको भूमिकाले उनलाई दक्षिण भारतीय तथा बलिउड दुवै क्षेत्रमा लोकप्रिय बनाएको छ।

उनले नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए।

उनलाई गजनी फिल्मले चर्चित बनाएको थियो ।