ढल्केबरमा बन्न लागेको ट्रमा सेन्टर अन्तै सार्न खोजिएकोबारे सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

ढल्केबरमा बन्न लागेको ट्रमा सेन्टर अन्तै सार्न खोजिएकोबारे सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल (डिपी) ले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्रै सार्ने तयारी भएको भन्ने विषयमा सरकारलाई संसदमा स्पष्ट जवाफ दिन रुलिङ गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले बजेट सुनिश्चित भइसकेको ढल्केबर ट्रमा सेन्टर सरकारले अन्यत्र सार्न लागेको भन्दै आपत्ति जनाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आयोजना अन्यत्र लैजान खोजेको आरोप लगाउँदै त्यसको विरोधमा दिनभर सदनमा उभिएर मौन बस्ने घोषणा गरे ।

सभामुख अर्यालले आफ्ना धारणा राखिसकेको भन्दै यादवलाई बस्न पटकपटक आग्रह गरे ।

तर, यादव उभिरहे । यादवले ट्रमा सेन्टर सार्ने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन चर्किने चेतावनीसमेत दिए ।

यादव बस्न नमानेपछ िसभामुख अर्यालले उक्त विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ (निर्देशन) गरेका हुन् ।
‘माननीय सदस्य चन्द्रमोहन यादवले राख्नु भएको विषय के हो ? यस विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिन्छु’, सभामुख अर्यालले भने ।