सिन्धुपाल्चोक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा १४९ मत प्राप्त गर्दै गुरुङ पुन: जिल्ला सभापतिमा निर्वाचित भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२ र दिलराम श्रेष्ठले २ मत पाउँदा माया निर्वाचित भइन् । यसअघि पनि जिल्ला सभापति रहिसकेकी गुरुङ २०७९ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवारसमेत थिइन् ।
निर्वाचनबाट उपसभापतिमा सरोजा श्रेष्ठ १२३ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धीहरू निमा याङ्छेन लामाले ६५ र मुके शेर्पाले ४७ मत ल्याए । सहसचिवमा विदुर खड्काले १३५ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी दोर्जे तामाङले ९७ मत पाएका छन् ।
सचिव पदमा राजीव हमाल सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा गोकर्ण विक्रम सिलवाल (१३३ मत), पास तेम्बा शेर्पा (१३७ मत), नन्दलाल श्रेष्ठ (१२१ मत), नमराज भट्टराई (११३ मत) र पुदीप सिलवाल (११८ मत) विजयी भएका छन् ।




प्रतिक्रिया