म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँः देउवा

म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको स्पष्टोक्ति दिएका छन् ।

इतर समूहको काठमाण्डुमा भएको दुई दिने भेला समापन समारोहलाई आइतबार सम्बोधन गर्दै देउवाले आफ्नो पारिवारिक संस्कारदेखि धार्मिक आस्थासम्म हिन्दु परम्परासँग जोडिएको बताए ।

आफ्नो व्रतबन्ध र विवाहसमेत हिन्दु विधिअनुसार भएको उल्लेख गर्दै उनले आफू हिन्दु होइन भनेर भन्नुपर्ने अवस्था नरहेको तर्क गरे ।

‘मेरो व्रतबन्ध र विवाह पनि हिन्दु परम्परा अनुसार भएको हो । म मन्दिर जान्छु । पशुपतिनाथको पूजा गर्छु,’ देउवाले भने, ‘त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।’

नेपाल धर्मनिरपेक्ष मुलुक रहोस् भन्ने आफ्नो व्यक्तिगत चाहना भए पनि धर्मका विषयमा जनताको निर्णय नै अन्तिम हुने देउवाले बताए । सम्मेलनमा सहभागी नेता–कार्यकर्ताले हिन्दु धर्मबारे बोल्न आग्रह गरेपछि आफूले आफ्नो धारणा राखेको उनको भनाइ थियो ।

देउवाले हिन्दु धर्मसँगै बौद्ध धर्मको समेत प्रशंसा गरे। हिन्दु र बौद्ध धर्मलाई विज्ञान तथा प्रकृतिले समेत स्वीकार गरेको उनको दाबी थियो ।