काठमाण्डु– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली क्यूआर कोड र बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।
कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि स्थापना गरिएको कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै च्याटजीपीटीको प्रयोगबाट नक्कली भौचर तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनले उक्त नक्कली क्यूआर कोड तथा स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया