त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार गर्न सेना सहितको प्राविधिक टोली परिचालन

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार गर्न सेना सहितको प्राविधिक टोली परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेना सहितको प्राविधिक टोली घटनास्थलमा परिचालन भएको छ ।

आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनीयरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो ।

टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ । उद्धार कार्यमा संलग्न विभिन्न निकायबिच आवश्यक समन्वय समेत भइरहेको जनाइएको छ ।

प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ ।