सन्दीपको घातक बलिङसामु बहराइन ८७ रनमै अलआउट

सन्दीपको घातक बलिङसामु बहराइन ८७ रनमै अलआउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिसी प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई जितका लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा जारी खेलमा कप्तान सन्दीप लामिछानेको घातक बलिङमा बहराइन ८७ रनमै समेटिएको छ। उसले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको हो।

टस हारेर ब्याटिङ गरेको बहराइनले ३६.२ ओभरमा ८७ रनमा अलआउट भयो। बहराइनका लागि फियाज अहमदले १५, मुहम्मद वसिमले १३ रन तथा अली दाउदले रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कप्तान लामिछाने एक्लैले बहराइनको पाँच विकेट लिए। १० ओभरमा ४ मेडेन फ्याँक्दै उनले १४ रनमात्रै खर्चिए। ललित राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए।

प्रतियोगितामा नेपालले बहराइनपछि मलेसिया, साउदी अरेबिया र हङकङसँग खेल्नेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका लागि बहराइनविरुद्धको सुरुवाती खेल निकै महत्वपूर्ण मानिएको छ।