एसीसी प्रिमियर कप : नेपालले बहराइनलाई ७ विकेटले हरायो

एसीसी प्रिमियर कप : नेपालले बहराइनलाई ७ विकेटले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एसीसी पुरुष प्रिमियर कपमा नेपालले बहराइनमाथि ७ विकेटको फराकिलो जित निकालेको छ ।

बहराइनले दिएको ८८ रनको लक्ष्यलाई नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

मलेसियाको वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको खेलमा नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले १९, आसिफ शेखले १९ रन जोडे ।

यसअघि बहराइनका फियाज अहमदले १५ रन, मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४ मेडनसहित मात्र १४ रन दिएर ५ विकेट लिए । ललित राजबंशीले ३ र करण केसीले २ विकेट लिए ।