काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार, राहत र व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्रीले बाढीका कारण रसुवा, रामेछाप लगायतका संकटग्रस्त क्षेत्रमा सुरक्षा निकायबीचको समन्वय, उद्धार तथा राहत कार्यलाई तथ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्री शाहले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोज तथा उद्धार, राहत वितरण र व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्।
त्यसपछि उनले सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढीपछिको अवस्था र उद्धार तथा राहत कार्यबारे ब्रिफिङ लिइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसैगरी प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि केहिबेरमा भेट गरी उद्धार तथा व्यवस्थापनबारे जानकारी लिनेछन्।




प्रतिक्रिया