काठमाण्डु – कमन जेन–जी नेपालले भदौ २३ गते तयष् गरेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।
संघर्षका कार्यक्रम फिर्ता लिदै जेनजी युवाहरू अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रेस विज्ञप्ति जारी गर्दैै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भई पुरै देश शोकको घडीमा रहेकाले पूर्वघोषित संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर पीडितको सहयोगमा जुटने जनाएका छन् ।
कमन जेनजी नेपालले भदौ २३ गते जेनजी आन्दोलनको एक वर्षको अवसर पारेर ‘फेक शासनविरुद्ध असल शासन’को नारासहित देशव्यापी प्रदर्शनको साथै सडक आन्दोलनको घोषणा गरेको थियो ।
‘तर, राष्ट्रले अहिले भोग्नुपरेको अकल्पनीय प्राकृतिक विपत्तिको कारण सिंगो देश शोकमा डुबेको यस दुःखद् घडीमा हामी पूर्वघोषित यस आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित् भएको जानकारी गराउँदछौं । साथै, कमन जेनजी नेपालको सिंगो पँक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पूनःस्थापनाको कार्यमा खटिनेपनि जानकारी गराउँदछौं,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तिले उल्लेख गरिएको छ ।





प्रतिक्रिया