राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेटवार्ता, बाढी उद्धार र राहतबारे जानकारी

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेटवार्ता, बाढी उद्धार र राहतबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

भेटका क्रममा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहत कार्यबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

लामिछानेले सोमबारै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका कार्यबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि उनले त्यसबारे राष्ट्रपति पौडेललाई समेत जानकारी गराएको बताइएको छ ।

भेटमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि भइरहेका सरकारी प्रयास र त्यस क्रममा देखिएका अवस्थाबारे छलफल भएको जनाइएको छ ।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको छ । प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा विभिन्न सरकारी संयन्त्रबाट खोजी, उद्धार र राहत कार्य जारी रहेको छ ।