भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता नागरिकको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने र पुनःस्थापनाको कामलाई व्यवस्थित बनाउने विषयमा छलफल हुने बताइएको छ।

यसअघि भोटेकोशीमा आएको बाढी–पहिरोपछि बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका विषयमा १० बुँदे साझा संकल्प पारित गरेको थियो।

सोही सङ्कल्पअनुसार विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो।

आजको बैठकमा उक्त संयन्त्र गठनको प्रक्रिया अघि बढाउने, विपद्पछिको पुनर्निर्माण तथा जलवायु अनुकूलनका विषयमा सरकारलाई निरन्तर सुझाव र अनुगमन गर्ने संरचनाबारे समेत छलफल हुने रास्वपाले जनाएको छ।