काठमाण्डु– प्रतिनिधिसभाको बैठक आह्वान भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
भोलिको बैठकमा महाविपद्बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ ।
विशेष प्रस्तावमा सबै दलका नेताहरूले बोल्ने कार्यसूची तय भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परि १ हजारले ज्यान गुमाइसकेका छन् भने ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । यस्तै २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।




प्रतिक्रिया