लाङटाङ जलविद्युत्को सुरुङमा फसेका श्रमिकको उद्धार गर्न टोली आज भित्र पस्ने

लाङटाङ जलविद्युत्को सुरुङमा फसेका श्रमिकको उद्धार गर्न टोली आज भित्र पस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लाङटाङ जलविद्युत्को सुरुङमा परियोजनामा फसेका श्रमिकको उद्धार गर्न नेपाली सेनाुसहितको प्राविधिक टोली बिहीबार भित्र छिर्ने भएको छ ।

परियोजाको प्राविधिकसहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएपछि टोली भित्र छिर्ने भएको हो ।

सरकारले परियोजना सञ्चालकलाई पनि उद्धारको अनुमति दिएपछि उनीहरूकै प्राविधिकको सुझावअनुसार सेनाले टर्बाइनबाट प्वाल बनाउँदा भित्रबाट सम्भावित संकेत पाएको थियो ।

पेनस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी प्वाल बनाइएकामा बिहीबार उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईले बताए ।

बाढी गएको आठौँ दिन अर्थात् मंगलबारदेखि परियोजनाका प्राविधिकको सहयोगमा सेनाले उद्धार अघि बढाएको थियो ।

बुधबार प्वाल बनाउँदा भित्रबाट केही गन्ध आएकाले श्रमिकहरू फसेको ठाउँ पहिचान भएको निष्कर्षमा पुगिएको भट्टराईले बताए ।

परियोजनाका ४१ जना सम्पर्कविहीन भएकामा सोमबार एउटा शव भेटिएको थियो । लाङटाङ परियोजनामा १५० मिटर लामो एक्सिस सुरुङ छ ।