काठमाण्डु– एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनको हार व्यहोरेको छ। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै समेटियो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन जोडे।
हङकङका लागि अइजज खानले ४ विकेट लिए भने यसिम मुर्ताजा, किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले पनि विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। बाबर हयातले अविजित ११७ रनको शतकीय पारी खेले। शाहिद वसिफले ४५ तथा एहसान खानले नटआउट ३५ रन बनाए।
नेपालका सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए।
नेपालले प्रतियोगितामा यसअघि बहराइनलाई ७ विकेट, मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। चार खेलबाट ६ अंक जोडेको नेपाल रनरेटका आधारमा समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो।
हारका बाबजुद पनि नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा खेल्नेछ।




प्रतिक्रिया