कांग्रेसले फेरि फेर्‍यो वडा अधिवेशनको मिति

कांग्रेसले फेरि फेर्‍यो वडा अधिवेशनको मिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गरेको छ।

 केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले कार्यतालिका परिवर्तन गरेको हाे ।

भोटेकोसी बाढीका कारण अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। 

यसअघि वडा अधिवेशन भदौ २४ गतेदेखि गर्ने तय थियो।

कांग्रेसको गाउँ–नगर अधिवेशन असोज ७, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ।

कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन यही अवधिभित्र गर्न भनेको छ।