बालुवाटारबाट भागेर बार्दली पुगेकाले नयाँ जनमतको अपमान गर्न बन्द गरून् : सांसद यादव

बालुवाटारबाट भागेर बार्दली पुगेकाले नयाँ जनमतको अपमान गर्न बन्द गरून् : सांसद यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजीको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न रास्वपा सांसद पुरुषोत्तम यादवले चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारबाट भागेर बार्दली पुगेकालाई जेनजीको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न रास्वपा सांसद पुरुषोत्तम यादवले चेतावनी दिएका हुन् ।

उनले भने ‘बालुवाटारबाट भागेर बार्दली पुगेकालाई चेतावनी दिन चाहान्छु हाम्रो साथिहरुको रगतबाट प्राप्त नयाँ जनमतको मान मर्दन हुने गरि थप अहङ्कारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस् ।’

उनले जेनजी आन्दोलनको माग र मर्मको भावनालाई निर्वाचनबाट जनताले अनुमोदन गरिसकेको भन्दै जेनजीसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

‘हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ। आज मसँग बोल्ने शब्द र वाक्यहरू थोरै छन्, तर पीडा र वेदना धेरै छन्। त्यो पीडायुक्त घटना र दिन सम्झँदा मन भारी भएको छ। जेनजी आन्दोलनको माग र मर्म अनि भावना सही थियो भन्ने कुरा निर्वाचन र जनताले अनुमोदन गरिसकेको छ। तर आज पनि अन्तरिम सरकारले जेनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन। सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस्। भदौ २३ ले हामीलाई एउटा कुरा सिकाएको छ, सत्ता स्थायी हुँदैन, तर जनताको आवाज, इतिहास सधैँ जीवित रहन्छ।’ उनले भने ।