सल्यान – जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ गैरीबजारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
स्थानीय ४० वर्षीय प्रेम बहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेमबहादुर समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६२ हजार ९६० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया