काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ।
बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न प्रधानमन्त्रीले बैठक आह्वान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया